ब्यापक बीमामा दावी नगरेको अवस्थामा हुने छुट कसरी लिन सकिन्छ?

ब्यापक बीमामा दावी नगरेको अवस्थामा हुने छुट कसरी लिन सकिन्छ?

Read this article in English

यदि तपाईले निरन्तर रुपमा १ वर्ष भन्दा बढीदेखि ब्यापक बीमा गराईराख्नु भएको छ तर कुनै पनि दावी गर्नुभएको छैन भने बीमा दावी नगरेको अवधि वर्षको आधारमा फेरी बीमा नवीकरण गराउँदा बीमा शुल्कमा छुट पाउनुहुनेछ।

नवीकरण गराउँदा सबै बीमा कम्पनीले देहाय बमोजिमको छुट दिनेछ।

image

तपाईले क्षति/हानि-नोक्सानी बापत दाबी गर्नुभएको छ भने छुट एकमुष्ट रुपमा पाइदैन। यदि कुनै बर्ष दाबी गर्नुभएको छ भने सो बर्षलाई छाडी (गणना नगरी) दाबी नभएको अवधि अगीको र पछिको नवीकरण अवधिबाट त्यस्तो छुट पुन; शुरु भइ नवीकरण बीमा शुल्क बाट कटाउन पाइनेछ।

तर पूर्ण क्षति (Total Loss) वा लक्षित पूर्ण क्षति (Constructive Total Loss) भई दाबी भुक्तानी भएको अवस्थामा दाबी नगरे बापतको कुनै पनि छुट पाइदैन।

दाबी नगरेमा प्राप्त हुने छुट अटुट रुपमा बीमा गराएको अवस्थामा र व्यापक बीमालेखमा मात्र लागू हुनेछ। तर छुट पाउँदा जोखिम समूह बाहेक व्यापक र तेस्रो पक्ष दुबैमा पाइन्छ।

Leave a Reply